१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

देउडा मार्फत कर्णाली चिनाएका रास्कोटीको गुनासोः आफ्नै ठाउँले चिन्न सकेन



काठमाडौँ, महेन्द्र शाही (रास्कोटी) सुदूरका गित गाएर आफुलाई स्थापित गराएका कलाकार हुन् । १० बर्षदेखि कर्णालीका दुःख सुख र बिडम्बनालाई गितसंगित मार्फत देश विदेशमा चिनाउँदै आएका रास्कोटीले कर्णालीका हरेक गाउँ, ठाउँदेखि जिल्लाका गित गाएका छन् ।

कालिकोट जिल्ला लालु ९, ब्युराकोटमा जन्मेका महेन्द्र शाही (रास्कोटी) को बाल्यकाल सामान्य ढंगले बित्यो । तत्कालीन माओवादी शसस्त्र जनयुद्धग्रस्त कर्णालीका भूभागमा हुर्किएका रास्कोटीलाई गितसंगितमा बाल्यकालदेखिनै रुचि थियो । तर युवा अवस्थामा माओवादी जनयुद्ध चर्किएकाले उनी माओवादी लडाकु हुनबाट जोगिन सकेनन् । यसलाई उनी बाध्यतामात्र नभई अवसरका रुपमा पनि लिन्छन् । लडाकु बनेपछि रास्कोटीको कलाकार बन्ने सपना तत्कालका लागि टुट्यो । तर युद्ध सकिएर शान्तिप्रक्रियामा गइसकेपछि कलाकार बन्ने हुटहुटी अझ बढ्न थाल्यो ।

युद्धका क्रममा घाइतेसमेत भएका रास्कोटी उपचारका क्रममा केहि समय भारतमा बसे । मुम्बइको गोरेगाउँ स्थित बेष्टन भारत कला केन्द्रबाट गायन सङ्गितको एक वर्ष प्रशिक्षण लिने अवसर प्राप्त गरे । त्यसलाई खेर जान नदिइ उनले नेपाल आइडल मुम्बइमा सहभागिता जनाए र देउडा विधामा प्रथम भए । त्यसबेला उनलाई आफ्नो जीवन गितसंगितमा नै व्यतित गर्नुपर्छ भन्ने लाग्यो । रास्कोटी त्यतिमै रोकिएनन्, नेपाल आएर आशा कला केन्द्र चक्रपथमा एक वर्ष संगित सिके । बिस्तारै उनले व्यवसायीक रुपमै गित गाउन सुरु गरे । आफ्नै जीवन संगिनीको नाममा रहेको पहिलो एल्बम आशा सार्वजनीक गरे । त्यसलाई आमस्रोता दर्शकले भरपुर माया दिएपछि उनलाई थप जोश जाँगर आयो ।

त्यसपछि रास्कोटीका आउन पाइन घर, मैना चडि,भेट्न आउनु जितेगडा, राराताल घुम्न जाउँ, जुम्ला बजार, म हुम्लाको हुम्ली, ताल्चा एयारपोट विमान आउने, स्याप्प काट्यो सालिम, खोली गोगन, करनालिका छालै छाल,म हुम्लाको हुम्लि,ढल्कि जोवन, आजभोलि सैना, यो मायाको चिनो, तेरि प्याटुल्लि, लगायत प्रसस्तै गितहरु सार्वजनीक भएका भए । ति गितहरुले रास्कोटी लाई देउडा र दोहोरीमा स्थापित मात्र गरेनन् उनकोे लोगप्रीयतालाईे उचाईमा पु¥याए ।

गित संगितमा लागेको १० वर्षभन्दा बढि भइसक्दा उनलाई आजसम्म कति गित गाएँ भन्ने यकिन सम्झना समेत छैन । करीब ३५० देखि ४०० को हाराहारीमा गित गाएको मोटामोटी सम्झना छ । गायक रास्कोटीले कर्णलीका हरेक गाउँ ठाउँ देखि जिल्ला सम्मका गित गाएको छन् । स्थानीय स्तरमा रुचाइने ठाडिभाका, देउडा, दोहोरी, झोडा मागल, चुटकिला लगाएतका गित उनको प्राथामिकतामा पर्छन् । आफ्नो गाउँघरमा कुनैपनि आपत परोस, दुर्घटना होस वा खुशीको माहोल होस्, त्यसलाई उनी गितसंगित मार्फत अभिव्यक्त गरिहाल्छन् ।

मनैदेखि खाउँठाउँको भावना र संस्कृतिलाई गितमा उतारे सबैबाट माया पाउन सकिनेमा रास्कोटी विश्वास गर्छन् । उनी स्थानीय भाषा संस्कृतिलाई समेटेर बालबालिका देखि बुढापाखाले समेत बुझ्ने गित गाउन रुची राख्छन् । कर्णालीमा कुनै समय हेयको दृष्टिकोणले हेरिने हुडकेउली भाषाको गित कसैले गाउन चाहँदैनथे । रास्कोटीले हुडकेउली गितलाई कुनैपनि हिचकिचाहट बिना गाउन सुरु गरे र यो भाषामा ६० वटा भन्दा बढि गित गाए । रास्कोटीले कर्णालीका रङ्गरतेउती,मेला महोत्षवमा मात्र गाईने हुडकेउली गीतलाई त्यो सेराफरोमा स्थापितनै गरे । यो प्रयासले हुडकेउली भाकालाई नयाँ जीवन दियो, अहिले हुडकेउली र रतेउली गित कर्णालीका प्राय जसो गीतमा समेटीने र रास्कोटीले गाएको हुडकेली गित बरु बनै बाज र ,स्याप्प काट्यो सालिम लगाएका गितहरु त अधिकांश गितहरु मुखमै झुण्डिने गरेका छन ।

यो दौरानमा उनले करीब ५० वटाजति गित विभिन्न दलका चुनावी अभियानका लागि गाएका छन् । गत चुनावमा मात्र रास्कोटीले ३५ वटाभन्दा बढि चुनावी गित गाए । गाउँमा चुनाव लाग्यो कि उनको गितले माहोल तताउँछ । कालीकोट लगाएत आस–पासका जिल्लामा हुने विभिन्न निर्वाचन तथा पार्टीका कार्यक्रममा उनलाई लिन होडबाजीनै चल्छ । चुनावका बेला रास्कोटी हरेक नेतादेखि राजनीतिक दलका प्यारा हुन्छन् । तर चुनाव सकिएपछि उनै नेताहरुले बिर्सने गरेको उनी गुनासो गर्छन् ।

विशेषगरी कर्णाली र सुदूर–पश्चिमकाका स्थानीय परिवेशलाई आफ्नो गितमार्फत चित्रण गर्ने शाहीलाई कहिलेकाहीँ आफ्नै माटोले नचिनेको हो कि भन्ने भान हुन थालेको छ । कुनैबेला यस्तो थियो कालिकोट र आसपासका जिल्लास्तरीय तथा स्थानीय कार्यक्रमहरुमा महेन्द्र शाही रास्कोटीको नाम कहिल्यै छुट्दैनथ्यो । उनको गितले राम्रो बजार पाउँथ्यो । कुनैबेला यस्तो पनि थियो, रास्कोटीका गित नबजाई कालिकोटका रेडियोहरु खुल्दैनथे । आजपनि कालिकोटमा उनको क्रेज घटेको छैन झनै बढ्दै गएको छ । बुढा–पाखा युवा जमातले आजपनि उनका गित तेक्तीकै मनपराउछन । मध्य–सुदुरबाट सबै भन्दाबढी गित रेकर्ड गरेका रास्काटीका गितसुन्न गाँउगाँउमा कान थापेर बस्ने हरुको जमातपनि छ । तर उनको तर आफ्नै गाउँपालीकामा आयोजना हुने कार्यक्रमहरुमा उनको नाम समावेश हुँदैन ।

कर्णालीका गित संगितमार्फत आफ्नो ठाउँलाई देशैभरी चिनाएका रास्कोटीको नाम बेचेर गाउँठाउँमा मेला महोत्सव आयोजना गरिन्छ, तर आफैँलाई निमन्त्रणा नगरिएकोमा उनी गुनासो गर्छन् । केहि महिना अघि देउडा दिवसको अवसरमा कालिकोटमा भव्य कार्यक्रम आयोजना गरियो, स्थानीय तथा जिल्ला बाहिरका धेरै कलाकारले प्रस्तुती दिए तर उक्त कार्यक्रममा रास्कोटीको नाम आएन । पछिल्लो समय नेपाली दोहोरीको सबै भन्दा ठुलो मञ्च मानिएको ईन्द्रेणी कार्यक्रमा का संचालक कृष्ण कँडेलले पटक–पटक बोलाउदा पनि समयदिन नसकेको कलाकार रास्कोटीलाई आफ्नै ठाउँमा पूर्वाग्राहको शिकार बन्नुपर्दा उनलाई नराम्रो लाग्छ । यद्यपी यो क्षेत्रमा अनवरत ढंगले काम गर्न नछोड्ने प्रण रास्कोटीले गरेका छन् । कालिकोट जिल्लामामा पहिलो पटक राष्ट्रगुरु नरहरीनाथको जिवनीमा रास्कोटी र उनका परिवारले गीति भिडियो संग्रह पनि बनाए । तर अहिले नरहरिनाथको जन्मोत्सवमा उनी आफैँ आमन्त्रीत भएनन् । विगत २ बर्षदेखि राष्टगुरु योगी नरहरीनाथको जन्मोत्सवमा उनलाई कसैले सम्झेनन् ।

अहिले पूर्वाग्रहको शिकार भएपनि कुनै दिन कला क्षेत्रको संरक्षणमा लागि पर्ने व्यक्तीहरुले सम्झने विश्वास उनको छ । रास्कोटी गित गाएरै राम्रो आम्दानी गर्ने गायक हुन । नेपालका कलाकारहरु विदेश पलाएन भईरहेका बेला रास्कोटी दम्पती देउडा र कर्णालीको संस्कृती चिनाउन अग्रसर भइरहेका छन । उनको सांगीतीक यात्रामा मोडल, निर्देशक, डान्सर उनकी जिनसंगीनी आशा शाहीको ठुलो भुभिका रहेको उनी बताउँछन् । देउडामा उनले अहिले सम्म कुनै अवार्ड समेत पाएका छैनन् । कतीपय उनका स्रोताले किन अवार्ड नपाउनु भएको भनि प्रश्न गर्दा हजुहरुको मायानै मेरो अवार्ड हो भन्ने गरेका छन रास्कोटीले ।

केही समय अगाडी रास्कोटीले आफ्नै लगानीमा बहुचर्चीत आधुनिक गायिका अञ्जु पंन्त र लोक दोहारी गायक रामजी खाँड लाई अर्गानिक देउडा गित गाउन लगाएका थिए । राष्ट्रिय गायक–गायिकाले अर्गानिक देउडा गाएको पहिलो पटक हो । देउडामा ठुलो बजार नभएपनि देउडाको उत्थानका लागी उनले आफ्नै खर्चमा चर्चित गायक–गायिका लाई देउडा गाउन लगाउने आँट गरेका थिए । पछिल्लो समय कलाकारहरुलाई राज्यले समेत त्यति महत्व दिन छोडेको गुनासो रास्कोटीको छ । वास्तविक स्रस्टाको योगदानलाई मूल्यांकन गर्ने पाटोमा सम्बन्धित निकायहरु जिम्मेवार नबनेको महशुस उनलाई हुन्छ । कलाक्षेत्रमा विकृति मौलाएकोमा समेत उनी चिन्ता व्यक्त गर्छन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ४ : ४७ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com