१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

नायक विराज भट्टले छोरा समीरलाई आफ्नै निर्देशन रहेको फिल्म ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गराउँदै



काठमाडौं । अभिनेता विराज भट्टका छोरा समीरले फिल्ममा डेब्यु गर्ने भएका छन् । भट्टले निर्देशन तथा निर्माण गर्न लागेको फिल्म ‘१२ गाउँ’बाट छोरा समीरले डेब्यु गर्न लागेका हुन ।

फिल्म डेब्युका लागि समीरले भारतको मुम्बईमा दशकदेखि अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन् ।

व्यवस्थापन विषयमा स्नातक गरेका समीरको तस्वीरमा उनको एब्स देख्न सकिन्छ । उनले अभिनयकै लागि यो ज्यान बनाएको जनाइएको छ । मुम्बईको अँधेरीमा बस्दै आएका समीरले किशोर नमितबाट अभिनय कला सिकिरहेको जनाइएको छ ।

भारतीय फिल्मबाट अफर आएपनि विराजले छोरालाई नेपाली फिल्मबाटै डेब्यु गराउने चाहना राखेपछि ‘१२ गाउँ’ तय भएको जनाइएको छ । यतिबेला यो फिल्मको प्रि–प्रोडक्सनमा काम भइरहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ४४ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com