१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

‘टाँक’को फष्टलुक्समा प्रियंकाको गाउँले लुक्स



काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको सर्ट फिल्म हो ‘टाँक’ । ‘टाँक’को फष्टलुक्स सार्वजनिक भएको छ । फष्टलुक्समा पनि प्रियंका आफैँ देखिएकी छन् । पोष्टरमा प्रियंकालाई दुर्गम गाउँको दुःखी विवाहित महिलाको रुपमा चित्रण गरिएको छ । धादिङमा छायांकन भएको ‘टाँक’लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । 

प्रियंका अहिले दुई फिचर फिल्म रिलिजको तयारीमा छिन् । उनले यो ‘टाँक’ अन्तर्राष्ट्रिय महोत्सवमा पठाउने गरेर निर्माण गरेकी हुन् । ‘टाँक’ प्रियंकाकै कम्पनी आयंका फिल्मसबाट निर्माण भएको हो । फिल्ममा प्रियंकाका अलवा रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, ‘प्रकाश’ अभिनेत्री रेनु योगी लगायतको अभिनय छ । निर्देशक भुटियाकै लेखन र सम्पादन रहेको ‘टाँक’को निर्माता प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  २ : ४६ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com