१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

बादशाहले १२ वर्ष कान्छी पाकिस्तानी अभिनेत्रीलाई डेट गरेपछि तस्बिरहरू भाइरल



र्‍यापर बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग डेट गरिरहेको अफवाह लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा छ । यसैबिच बादशाह र हानिया आमिरले पछिल्लो समय दुबईमा छुट्टी मनाइरहेको फोटोहरू इन्टरनेटमा भाइरल हुन थालेका छन्।

पाकिस्तानी अभिनेत्री हानियाले बादशाहसँगको सामाजिक सञ्जालमा केही पोष्ट गरेकी छिन्, जसले उनीहरूको सम्बन्धको हल्लालाई फेरि बढवा दिएको छ ।

पछिल्लो तस्बिरमा, हानिया र बादशाह क्यामेराको लागि रमाइलो तरिकामा पोज दिइरहेका छन्। तस्बिरसँगै हानिया आमिरले बादशाहसँगको एउटा भिडियो पनि पोस्ट गरेकी छिन्, जसमा दुवै जना सँगै रमाइलो गर्दै समय बिताएको देखिएका छन् ।

हानिया आमिर र बादशाहबिच प्रेम सम्बन्ध रहेको अनुमान डिसेम्बर १, २०२३ बाट सुरु भएको थियो जब दुवैले आ(आफ्नो सामाजिक सञ्जाल ह्यान्डलहरूमा एकअर्कासँग रमाइलो गरिरहेको तस्बिरहरू साझा गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ११ : १९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com