१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

समलिङ्गी विवाह नेपाली संस्कृति मास्ने षड्यन्त्रः विश्लेषक रायमाझी



काठमाडौँ, राजनीतिक विश्लेषक प्रकाश रायमाझीले समलिंगी विवाहलाई नेपाली संस्कार र संस्कृति मास्ने ठूलो षड्यन्त्र भएको बताएका छन् । पूर्विय दर्शनका अनुसार विवाह गर्नु भनेको केवल दुई व्यक्तीका बिच सम्बन्ध स्थापित गर्नुमात्र नभई वंशलाई अगाडी बढाउनु समेत रहेको रायमाझीको बुझाई छ । धार्मिक मान्यता अनुसारनै विपरीत लिंगीहरुका बिच विवाह र सन्तान उत्पादनको परम्परा रहिआएको नेपाली समाजमा यो विषय अपाच्य रहेको उनले बताएका छन् । यो विषय क्रिश्चियन संस्कृतिको विस्तारका लागि अमेरिकी डिजाइनमा ल्याइएको रायमाझीको आरोप छ ।

अमेरिकाले भियतनाम लगाएत २५–३० वटा राष्ट्रहरुमा समलिंगी विवाहको कानुन लाद्न खोजको उनी बताउँछन् । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको मञ्चमा गएर समेत समलिंगी विवाहको पक्षमा अभिव्यक्ती दिएकोमा रायमाझीले आक्रोश पोखेका छन् । यस्ता विषयले नेपाली संस्कार र संस्कृतिको माध्यमबाट समाजमा एकता कायम गर्नुभन्दा समाजलाई भत्काउने तर्फ अग्रसर गराउने भन्दै उनी चिन्ता व्यक्त गर्छन् ।

गत असारमा नेपालको सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न आदेश दिएको थियो । त्यसैमा टेकेर गत मङ्सिर १३ गते लमजुङको दोर्दी गाउँपालिकाले माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाहले कानुनी मान्यता पाइसकेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : २६ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com