१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

युनिक नेपाल लघुवित्तको (एफपीओ), आवेदनका लागि आज अन्तिम दिन


१७ जेष्ठ २०८०, बुधबार  

0
Shares

काठमाडौँ, युनिक नेपाल लघुवित्तको (एफपीओ) मा आवेदन दिने आज बुधबार गते अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ ११ गतेदेखि एफपीओ बिक्री खुला गरेको थियो । आज लगानीकर्ताले कार्यालय समयभित्र यसमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ बिक्रीमा ल्याएको हो । यसआधारमा १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरिएको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार जेठ १६ गते साँझ ५ः०२ बजेसम्ममा कुल १२ लाख ८५ हजार २२६ जनाले १ करोड ४९ लाख ६१ हजार ४२० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ३९.४३ गुणा बढी आवेदन हो । युनिक नेपाल लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ३ : २८ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com