काठमाडौँ ,भारतले नेपाललाई पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रतिलिटर पेट्रोलमा २.०४ रुपैयाँ र डिजेल २.११ रुपैयाँ पठाएको नेपाल आयल निगमले जनाएको छ।नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँमूल्य सूची पठाउँछ। उसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्य घटबढ हुँदा सोहीअनुसार समायोजन गरेर पठाउने गरेको छ।
अघिल्लो वर्ष आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो। हाल नेपालमा प्रतिलिटर पेट्रोलको १७५ रुपैयाँ तथा डिजेल र मट्टीतेल १५५ रुपैयाँ उपभोक्ता मूल्य रहेको छ।पेट्रोल र डिजेलको मूल्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारीमा निगम छ।