१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं, संघीय संसद अन्तर्गत आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने सङ्घीय संसद सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूची अनुसार आइतबारको बैठकमा लीलानाथ श्रेष्ठ र प्रेम सुवालले सङ्घीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालय शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ०४ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com