१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रकाश उम्दाका दुई गजल


१८ असार २०८०, सोमबार  

14
Shares


गजल :१
मैले बाआमा पाल्नै सकेको छैन गाउँमा बसेर
बरु माछाले माझी पालिरहेछ तलाउमा बसेर

यो दिल होइन तिमी किन ब्यर्थै जिद्दी गर्छौ?
मायाको डोरि बाटिदैन सङ्गी घाउमा बसेर

ब्यर्थै ब्याचलर,डिग्री पढी के काम भो र मलाई
आखिर बेल्चा हान्नैपर्छ परदेशको ठाउँमा बसेर

केवल एकपटक हुन्छ मात्रै भनिदिए पुग्छ
जिन्दगी कटाउन तयार छु म तिम्रै पाउमा बसेर

गजल :२

एउटै समयमा आयो दुईवटा अवसर  सोचिरहेछु
मनले बुद्ध बन भन्छ दिमागले हिटलर सोचिरहेछु

ब्यर्थै यो ज्यान आराधना गर्न मन्दिर सम्म धायो
आखिर उनकै दिलमा रैछ पत्थर सोचिरहेछु।

जुन पहाडले जन्मायो बिधुत्त निकाल्ने नदि
त्यही पहाडमा बिजुली छैन कुनै घर सोचिरहेछु

एउटि छोरिको डाईपर फेर्न त ऋण काढनुपर्छ
झन श्रीमति गर्छिन छोराको रहर सोचिरहेछु

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ११ : ३१ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com