काठमाडौ ,नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिददर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसा कायम गरेको छ ।
हिजो अमेरिकी डलर एकको खरिद दर १३२।०९ रुपैयाँ तथा बिक्री दर १३२.६९ रुपैयाँ रहेको थियो, त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँमा कारोबार भएको थियो । बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ५५ पैसा र बिक्री दर १६९ रूपैयाँ ३१ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९६ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसामा कारोबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर२८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँमा खरिद बिक्री गर्न सकिनेछ ।