काठमाडौँ ,नेपाल बैंक लिमिटेडले असार २७ गते एक सूचना प्रकाशित गर्दै उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । उक्त समयावधिभित्र कर्जा चुक्ता नगरे धितोमा रहेको घरजग्गा लिलाम गरिने जनाएको छ ।ऋणीहरुले विभिन्न शिर्षकमा कर्जा लिई बैंकलाई तिर्नुपर्ने साँवा ब्याज आदि नतिरेको र बैंकले पटकपटक लिखित तथा मौखिक रुपमा सूचीत गर्दासमेत कर्जा चुक्तामा बेवास्ता गरेको भन्दै ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना प्रकाशन गरेको छ ।
सो समयावधिभित्र पनि कर्जा चुक्ता नभएमा धितोमा रहेको घरजग्गा लिलाम गरिने साथै ऋणी तथा जमानतकर्ताहरुको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने समेत बैंकले जनाएको छ ।
उक्त सम्पत्ति लिलाम बढाबढबाट लिन इच्छुक जो कोहीले साउन ३१ गते वा सोको लगत्तै उल्लेखित शाखामा उपस्थित भई आफूले सकार गर्न चाहेको मूल्यमा बोल कबोल गर्न सकिने बैंकले जनाएको छ । यसका शर्तहरु बैंकले तोकेबमोजिम हुने कुरा सूचनामा उल्लेख गरिएको छ ।