१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गुजरातमा बसोवास गर्ने नेपालीभाषीले सरसफाई कार्यक्रम आयोजना गरेर मनाए ‘गान्धी जयन्ती’



सुरजमान जैगडी, पुने । भारतको गुजरात राज्य राजकोटमा बस्दै आएका नेपाली भाषीको समुहले भारतका राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्तीका अवसर पारेर पदम बहादुर गुरुङको अध्यक्षतामा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । प्रवासी एकता समाज र प्रवासी संघ भारत प्रारम्भिक समितिले गुजरात राज्यको नगेश्वरमा आइतबार कार्यक्रम गरिएको हो । कार्यक्रममा सामाजिक अभियान्ता तथा देउडा गायक राम प्रसाद भण्डारी, प्रवासी एकता समाजका संगठित सदस्य विष्णु बिसी, प्रारम्भिक अध्यक्ष भक्त मालती, सरसफाई अभियान्ता नमराज योगी, डम्मर चांङ,किर्पराम खनाल,कविता कुमारी भण्डारी,करण गुरुङ खेलकुद परीसरका खेगेन्द्र आउजी लगाएतको उपस्थिती रहेको थियो ।

गुजरातमा लामो समयदेखि बस्दै आएका नेपाली भाषी समुदायले आजादीको लडाईंदेखिनै भारतका लागि योजदान दिँदै आएको स्मरण गर्दै गान्धी जयन्तीका अवसरका उक्त कार्यक्रम आयोजना गरिएको हो । भारतीय आजादीको लडाईंदेखि बनेको नेपालीभाषीसँगको सुमधुर सम्बन्धका कारण नेपालीहरु सौहार्द वातावरणमा त्यहाँ वसोवास गर्दै आएका छन् । यद्यपी पछिल्लो समय केहि अराजक नेपालीका क्रियाकलापका कारण गुजरातमा समग्र नेपाल र नेपालीको बदनाम भइरहेकोमा अभियान्ता रामप्रसाद भण्डारी दुःख व्यक्त गर्छन् । स्वदेशमा रोजगारीको अभावमा परदेश आउनुपर्ने बाध्यताका बिच कहिलेकाहीँ भारतीय पक्षबाट हुनेगरेका दुव्र्यवहार समेत सहनु परेको उनी बताउँछन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १ : ०९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com