१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘पठान’ र ‘जवान’ जस्तो चलेन शाहरुख खानको ‘डंकी’



काठमाडौँ । शाहरुख खानको फिल्म डंकीले पहिलो दिनमा ३० करोड भारु कलेक्शन गरेको छ । शाहरुखको पछिल्ला फिल्मको रेकर्ड हेर्दा डंकीको शुरुआत निकै कमजोर रहेको छ । यसअघि यही वर्ष रिलिज भएका पठान र जवान दुबैको ओपनिङ बम्पर थियो । जवानले भारत्ीय बक्स अफिसमा पहिलो दिन ७५ करोड भारु कमाउँदा पठानको कमाई ५७ करोड भारु थियो । शुक्रबारदेखि सोमबारको बिचमा भने डंकीको कलेक्शनमा वृद्धि हुने आशा गरिएको छ । फिल्म बिहिबार रिलिज भएको थियो ।

शाहरुख खानको पछिल्ला पाँच फिल्मको ट्रेन्ड हेर्ने हो भने डंकी तेस्रो ठूलो ओपनर हो । यसले जेरो, रइस र जब ह्यारी मेट सेजल जस्ता कयौं फिल्मको रेकर्डलाई तोडेको छ । जिरोले भारतमा पहिलो दिन १९ करोड ३५ लाख भारुको कलेक्शन गरेको थियो । घरेलु बक्स अफिसमा जब ह्यारी मेट सेजलले १५ करोड २५ लाख भारु कमायो । तर डंकी पठान र जवानभन्दा चाँहि पछाडि रह्यो ।

डंकीको रिलिज पूरै तयारीको साथमा बिहिबार भएको थियो । राजकुमार इरानीको निर्देशनमा बनेको यो फिल्ममा भारतमा १५ हजारभन्दा धेरै शो दिइएको छ । कुनै पनि फिल्मले यति धेरै शोज पाएको छैन । बैंगलुरुमा ८ सय भन्दा धेरै शोज पाउने शाखरुख एक मात्रै कलाकार हुन् । पठान, जवान र डंकी तीनओटै फिल्मले ८ सय भन्दा धेरै शोज पाए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ११ : ०३ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com