काठमाडौँ । विल्सन विक्रम राईले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । विल्सन विक्रम राईले दयाहाङ राई र बुद्धि तामाङलाई लिएर नयाँ फिल्म बनाउन लागेको बताए । उनले आफ्नै लेखन र अभिनय पनि रहने गरि फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्देशन गर्न लागेको घोषणा गरे ।
यो फिल्मको छायांकन अर्को बर्ष मात्र सुरु हुनेछ । यो फिल्मलाई कमेडी तथा लभ स्टोरी कथामा निर्माण गरिने उनको भनाई छ । तक्मे प्रोडक्शनले यो फिल्मको निर्माण गर्ने छ ।