१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘ओशो सन्यासी’ बनेकी नम्रता योग शिक्षकको रुपमा स्नातक उत्तीर्ण



काठमाडौँ ।ओशो सन्यासी बनेको डेढ वर्षपछि अभिनेत्री नम्रता सापकोटाले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छन् । त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग सिकेकी छिन् ।

सामाजिक सञ्जालबाट उनले आफू योग टिचरको रुपमा ग्राजुएट भएको फोटो सार्वजनिक गरेकी छन् । उनी यतिबेला भारतको गोवामा रमाइरहेकी छन् । समुन्द्री तटमा योग गरिरहेकोदेखि सूर्यास्तमा रमाइरहेको उनको फोटो आकर्षक देखिन्छ ।

एक तस्वीरमा उनी ध्यानमग्न मुद्रामा योग गरिरहेकी छिन् । केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन् ।कामको कुरा गर्दा नम्रता अभिनित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ५४ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com