१२ पुस २०८१, शुक्रबार | Sat Dec 28 2024

संसद महासचिवमा पाण्डेको नाम अनुमोदन गर्न आग्रह गर्दै राष्ट्रपतिलाई स्मरणपत्र



काठमाडौँ- रिक्त रहेको संघीय संसदको महासचिव पदमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिस गरेका पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति रामचन्द्र पौडेलले करिब डेढ महिनासम्म अनुमोदन गरेका छैनन्।

राष्ट्रपति पौडेलले महासचिवमा प्रस्तावित पाण्डेको नाम अनुमोदन नगरेपछि सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले यसबारे राष्ट्रपति कार्यालयमा फेरि स्मरणपत्र पठाएका छन्।संसद सचिवालय स्रोतका अनुसार सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले शुक्रबार राष्ट्रपति पौडेललाई आफ्नो सिफारिसबारे स्मरण गराउँदै पत्र लेखेका हुन्।

गत मंसिर तेस्रो साता संघीय संसद्का महासचिव गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले पाण्डेलाई सिफारिस गरेर उनको नाम अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए।तर, राष्ट्रपति पौडेलले करिब डेढ महिना बित्दासम्म पनि पाण्डेको नाम अनुमोदन गरेका छैनन्।सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : १२ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com