१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

ऋणीहरूमाथि भइरहेको अत्याचारका कारणले व्यापारीहरू आत्महत्या गर्न विवस छन् ।



प्रकाश रायमाझी (राजनीतिक विश्लेषक)

बैंक तथा वित्तीय संस्थाहरूबाट ऋणीहरूमाथि भइरहेको अत्याचारको कारणले व्यापारीहरू आत्महत्या गर्न विवस छन्। कमजोर राष्ट्र बैंकको अनुगमन नीति बैंकिङ क्षेत्रका माफियाहरूको मिलोमत्तो मा चलेको “राष्ट्र बैंक”को नीति र निकम्मा सरकारको कारणले देशभित्र गरी खानेहरू बस्न सक्ने अवस्था रहेन। चर्को मिटर ब्याज सरकार तमासे निती माफियाहरूद्वारा परिपोषित राजनीति प्रणालीले नेपालभित्र उद्योग व्यवसाय रोजगार तथा स्वरोजगार सृजनशील वातावरण बन्नै सकेन। ऋणी तथा उद्यमी व्यवसायीहरूले यस्ता बैंकहरुलाई किस्ता नबुझाउने दबाब दिएमा संगठित भएर अब प्रतिकार गर्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले कब्जा गरेको सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गराउने अभियान अगाडि बढाउनुपर्दछ।

आफै सञ्चालक अनि आफै ऋणी बन्ने बैंकका संस्थापक र तीनैले संचालन गरेका बीमा कम्पनी तथा बैंकिङ क्षेत्रका माफियाहरूको पनि अब अपारदर्शी सम्पत्ति छानबिन गरी वित्तीय अपराधलाई नियन्त्रण गर्न कडा कानुनको आवश्यकता टड्कारो महसुस भएको छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ०८ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com