१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘मिस नेपाल पिस २०२४’ को घोषणा



काठमाडौँ । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमका बिच प्रतियोगिताको ७ औँ संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहार समेत जित्न सक्नेछन् । प्रतियोगिताको ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहेकी छन् ।‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो ।

प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ । आगामी मार्च ९ गतेदेखि छनौट चरणको अडिसन हुने प्रतियोगिताको  प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले अनुमान लगाए ।

अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगतदेखि आयोजना हुँदै आएको हो । छनौट चरणमा छानिएका प्रतियोगीलाई संन्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । विभिन्न उपहार समेत हात पार्नेछिन् । प्रतियोगितामा आधादर्जन विद्यामा विजेता छानिने छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ५ : २१ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com