१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

रंगकर्मि अनुराको ‘ एक साथ दुईवटा टेलिचलचित्र नेपाल टेलिभिजनबाट प्रशारण सुरु



काठमाडौं । रंगकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलिचलचित्र ‘भाग्य लक्ष्मी ’ को प्रसारण सुरु भएको छ । पारिवारिक तथा सामाजिक बिषय बस्तुमा केन्द्रित रहेर लेखिएको यो शृंखला २२ चैत्रबाट प्रशारण सुरु भएको छ । यो टेलिचलचित्र हरेक बिहिवार बेलुका ७ बजे नेपाल टेलिभिजन र ७ः३० बजे मि, टिभी साथै ८ः०० बजे युट्युव च्यानल एभरेष्ट डिजिटलबाट प्रशारण हुने निर्देशक अनुरागले जानकारी दिए ।

टेलिचलचित्रमा राम बाबू रेग्मी , अस्मिता बस्नेत , सन्तोष सिवाकोटी , ईच्छा सिंह, श्रीकृष्ण थापा, लक्ष्मण पौडेल , सन्तोष थापा, सुमन बिष्ट , नबराज पनेरू, सिर्जना भूजेल, लगायतका कलाकारको अभिनय छ । इच्छा सिंहको मुख्य सहायक निर्देशन रहेको यो टेलिशृंखलामा मदन कस्यप घिमिरेको छायांकन तथा क्यामारुन मियाँको सम्पादन रहेको छ । शशीविक्रम थापाको शीर्ष गीत रहेको ‘भाग्य लक्ष्मी ’ मा निदेश अधिकारी निर्माता हुन् भने उक्त टेलिचलचित्र मी टिभीको प्रतुतीको रहेको छ ।

निर्देशक अनुरागको अर्को टिलिचलचित्र ‘खहरेघाट’ सोही नेपाल टेलिभिजनमै सनिवार राती ९ः३० बजे प्रशासण हुदैछ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १ : ०८ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com