१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

१७ रन बनाउँदै आउट भए दीपेन्द्रसिंह ऐरी



काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

उनी नौ बलमा तीन चौकाको मद्दतले १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलर वाजी उल हसनले ईस्तिक अहमदद्वारा क्याच गराए । पाँचौँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ४८ रन बनाएको छ । नेपाललाई जितका लागि १८ बलमा २६ रन चाहिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : ५० बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com