१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कराँते खेलाडीलाई १ लाख पुरस्कार दिने निवर्तमान मुख्यमन्त्री शाहको घाेषणा



काठमाडौँ । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले दक्षिण एसियाली कराँतेमा सफलता प्राप्त गरी आएपछि आफ्नाे भत्ताबाट आउने १ लाख खेलाडीलाई पुरस्कार दिने घाेषणा गरेका छन्।

शुक्रबार धनगढीमा आयाेजित सुदूरपश्चिम प्रदेश स्तरीय कराँते छनाेट प्रतियाेगिताकाे उद्घाटन गर्दै निवर्तमान मुख्यमन्त्री शाहले सफलता प्राप्त गरी फर्केलगत्तै १ लाख दिने घाेषणा गरेका हुन् । आठाैं दक्षिण एसियाली कराते प्रतियाेगिताका लागि सूप कराँते महासंघले आज र भाेलि धनगढीमा संचालन गरेकाे प्रदेश स्तरीय छनाेट प्रतियाेगिता उद्घाटनमा निवर्तमान मुख्यमन्त्री शाहले आफू मुख्यमन्त्री हुँदा खेलकुद क्षेत्रमा ठूलाे बजेट छुट्याएकाे बताए।

उनले अझैपनि आफू खेल क्षेत्रकाे विकासका लागि प्रतिवद्ध रहेकाे बताए। शाहले अनुसाशन सबैभन्दा ठूलाे कुरा रहेकाले अनुशासन कायम राख्न खेलाडीलाई आग्रह गरे। उनले भने,’अहिले नेपालकाे राजनितिमा अनुशासनकाे खडेरी देखिएकाे छ’ राजनितिक दलले खेलाडीबाट अनुशासन सिक्न जरुरी छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १ : २६ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com