१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय



काठमाडौँ । संसद् खुलाउने विषयमा दलहरूबिच सहमति नजुट्दा पूर्व निर्धारित समयमा प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइए पनि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको विषयमा कार्यविधि निर्माणबारे सहमति नजुट्दा प्रतिनिधिसभा बैठक बस्ने समय लम्बिएको छ ।

सरकार सहकारीको विषयमा छानबिन समिति बनाउन तयार देखिएपछि कसरी गर्ने भन्ने कार्यविधि निर्माणका लागि सत्तापक्ष दल र प्रतिपक्षी दलका प्रतिनिधिहरूबिच कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेको छ । निर्णयका लागि कानुनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छलफलमा जुटिरहेका छन् । 

यस्तै आइतबार बसेको विपक्षी दलको बैठकले गृहमन्त्री रवि लामिानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको छ । साथै संसदीय छानबिन समितिको कार्यविधिमा सहमति नभएसम्म सदन चल्न नदिन विपक्षी दलले सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १ : ०१ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com