१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एनभीएले जनायो गम्भीर ध्यानाकर्षण



काठमाडौँ। नेपाल भ्यालुअर्स एसोसिएसन (एनभीए) ले हाल देशमा देखिएको आर्थिक मन्दी र यसबाट देशभर मूल्याङ्कन क्षेत्रमा देखिएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । हिजो जेठ ४ गते शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै एनभीएले भनेको छ, ‘हाल घरजग्गा खरिद बिक्रीमा देखिएको गिरावट, घट्दो बजार मूल्य, घर–जग्गा लिलामीको बढ्दो सूचना प्रकाशन लगायतका करण स्थीर सम्पतिको मूल्यङ्कनमा असर परेको छ ।’ 

केही बैंक तथा वित्तिय संस्थाहरुले साविक मूल्याङ्कन भन्दा हालको मूल्याङ्कन कम भयो भन्दै मूल्याङ्कनकर्ता र सञ्चालकहरुलाई कालो सूचीमा राख्ने आशयका पत्रहरुले मूल्याङ्कनकर्ताहरुमा मानसिक आतङ्क सिर्जना गरेको नेपाल भ्यालुयर्स एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

एनभीएका अध्यक्ष ई.ऋषि कोइरालाद्वारा हस्ताक्षरि विज्ञप्तीका अनुसार साविकको बजार अवस्था र हालको बजार अवस्थालाई यकिन नगरि पूर्वाग्रहीरुपमा कार्वाहीको प्रक्रिया नगर्न, नगराउन सबै बैंक तथा वित्तिय संस्था एवम् सरोकारवालाहरुमा आग्रह गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ३ : २९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com