१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

४५.६९ अंकले नेप्से बढ्दा ५ अर्ब २५ करोडको कारोबार



काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा निकै उत्साह छाएको छ । नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ भने यसै दिन ५ अर्ब २५ करोड रुपैयाँ माथिको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन सेन्सेटिभ इण्डेक्स समेत ८.३९ अंक बढेको छ ।

आइतबार कूल ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य आइतबार १० प्रतिशतले बढेका छन् । हालैमात्र दोस्रो बजारमा कारोबारमा आएको माण्डु हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट (१० प्रतिशतले) घटेको छ ।

आइतबार सेयर बजारमा उत्साह छाउनुमा भने गत शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रभाव रहेको छ । बैंकले मौद्रिक नीतिमार्फत बजारमा तरलता प्रवाह हुनेगरी घरजग्गा तथा हायर पर्चेज कर्जामा सहजिकरण गरिदिएको थियो भने थप बैंकको कर्जा असल वर्गको कर्जाको प्रोजनिक समेत घटाएको थियो । यसैको प्रभाव आइतबारको सेयर बजारमा परेको हो । 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ४ : ४९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com