१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सिरोहियालाई तत्काल रिहाइ गर्न जसपा नेपालको माग



काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ । बुधवार सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सिरोहियालाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । 

अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्मम प्रहार भएको आफूहरूको ठम्याई रहेको बताएका छन् ।

विज्ञप्तिमा उनले ‘नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण सिरोहियालाई पक्राउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो’ भनेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्तरको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतङ्कित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नुपर्छ । आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहोर्‍याउन सरकारलाई सचेत गराइन्छ ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : ३० बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com