७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

आज ४ बजे संसदीय समिति गठनको सहमति संसदबाट पारित हुन्छः कांग्रेस



काठमाडौ । नेपाली कांग्रेसले सहकारी ठगीमाथि छानबिन गर्न आजै संसदीय समिति गठन हुने जनाएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले आजै समिति गठन हुने बताए । ‘आज चार बजे बस्ने प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुन्छ,’ उनले भने ।

सोमबार साँझ बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबिच संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेपछि आज ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको छ । कांग्रेसले आजै दिउँसो ३ बजे संसदीय समितिमा बस्ने सदस्यको नाम टुङ्गो लगाउने लेखकले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ११ : ५१ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com