१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम



काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने तोलामा सामान्य घटेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको हो । 
 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : १५ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com