काठमाडौं, काठमाडौंमा भएको काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।
दशरथ रंगशालास्थित कभर्ड हलमा आज भएको खेलमा काजाकस्तानलाई ३–०को सोझो सेटमा हराउँदै भारतले उपाधि जितेको हो । प्रतियोगितामा अपराजित रहेको काजकस्तान फाइनलमा भारतसित पराजित भयो । काजाकिस्तान सेमिफाईनलमा नेपाललाई पराजित गरेको टोली हो । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाकस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।
१४ जेष्ठ २०८०, आइतबार
0
Shares