१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

 फिल्म ‘खजुरे ब्रो’को फस्टलुक पोस्टर सार्वजनिक



काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले आगामी वैशाख २८ प्रदर्शन मिति घोषणा गर्दै फस्टलुक बाहिर ल्याएको हो । पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान रन’ को १२ औं  संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो । धरानबासीको सम्मानका धरानै आएर पोष्टर तथा प्रदर्शन मिति सार्वजनिक गरिएको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए ।

फिल्ममा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुरज सुनुवार हुन् । फिल्मबाट धरानका मेयर हर्क साम्पाङ्गले अभिनयमा डेब्यु गरेका छन् ।‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित फिल्म हो । फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ । ‘खजुरे ब्रो’ बाट नीति शाहले पनि अभिनेत्रीको रुपमा डेब्यु गरेकी छन् । फल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय छ ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ । फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । फिल्म वितरण आरआर फिल्मस्ले गर्नेछ । 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : २९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com