असार ९– कमजोर ब्याटिङसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।
जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो ।
तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्यो । टिमको स्कोर ७ रन हुँदा ओपनर आशिफ शेखलाई शून्यमै गुमाएको नेपालका ब्याट्सम्यानहरुले कनै पनि विकेटका लागि ठूलो साझेदारी गर्न सकेन र, निरन्तर विकेट गुमाइरह्यो । र, ४४.३ ओभरमा १६७ रन बनाउँदा अलआउट भयो ।