१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

फलफूल आयात : ९ महिनामा बाहिरियो ११ अर्ब



काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशबाट ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा फलफूल आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको हो । 

यस अवधिमा सबैभन्दा धेरै स्याउ आयातमा रकम बाहिरिएको तथ्याङ्क विभागले दिएको छ । विभागका अनुसार स्याउ आयातमा ६ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, अङ्गुर आयातमा १ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बाहिरिएको छ ।अङ्गुरको आयात स्याउपछि सबैभन्दा धेरै हुने गरेको छ । यसपछि सुन्तलाको आयातमा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बाहिरिएको देखिएको छ । सुन्तलाको आयात तेस्रो नम्बरमा छ । यसबाहेक विदेशबाट ९ करोडको भुइँकटर, चार करोडको एभोकाडो आयात भएको छ ।

यस्तै अम्बाको आयातमा ४० करोड बाहिरिँदा ४९ करोडको कागती आयात भएको छ । कागतीजस्तै अमिलो प्रकारका फलफूलको आयातमा ९ करोड बाहिरिँदा ड्राइ अङ्गुर आयातमा १७ करोड बाहिरिएको छ । यसबाहेक वाटर मेलोनको आयातमा ३६ करोड, मेवामा आयत १८ करोड तथ नासपतिको आयातमा २३ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ३ : ३८ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com