१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने



काठमाडौँ । कथा बाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ । शनिवार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले कथामा चलचित्र घोषणा गरे । शिशिर खातीले निर्देशन गर्ने चलचित्र प्लानेट थ्री फिल्मसले निर्माण गर्नेछ । चलचित्रको कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् ।

चलचित्रको घोषणामा थिम पोस्टर पनि सार्वजनिक गरियो । पोस्टरमा चलचित्रको नाम ‘अधुरो प्रेम’ नै राखिएको छ । साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ । निर्देशक शिशिरले भेटेर अधुरो प्रेम साह्रै नै मन पर्छ, चलचित्र बनाउन चाहन्छु भनेपछि राजी भएको । साइग्रेसले सुनाए ।

निर्देशन शिशिरले आफू साइग्रेसको आवाको फ्यान मध्ये एक रहेको बताए । दर्जनौँ म्युजिक भिडिया र चलचित्रका गीतमा कोरियोग्राफी गरेका शिशिरले यसै फिल्लमबाट निर्देशनमा हात हाल्न लागेका हुन् । वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको चलचित्रमा कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन । 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ११ : ३१ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com