१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

इन्डोनेसियामा नेपालका प्रवीणलाई ‘क्लासी मोडल युनिभर्स’को उपाधि



काठमाडौँ । इन्डोनेसियाको बालीमा आयोजना भएको अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘क्लासी मोडल इन्टरनेशनल २०२४’मा नेपालका प्रवीण पाठकले ‘क्लासी मोडल युनिभर्स’को उपाधि हात पारेका छन् । प्रतियोगितामा पुरुष तर्फको उपाधि पाठकले जित्दा महिला तर्फका ‘क्लासी मोडल युनिभर्स’ श्रीलङ्काले हात पारेको थियो ।

विभिन्न २० भन्दा बढी देशको सहभागिता रहेको प्रतियोगितामा पाठकले मोष्टपपुलर र बेष्ट इन सेमी फरमल उपाधि समेत हात पारेका छन् । १५ देखि १९ मेसम्म आयोजना भएको प्रतियोगितामा उनी नेपालको एक्लो सहभागी थिए । ‘मिस्टर नेपाल २०२३’ को उत्कृष्ट १० भित्र पर्न सफल उनी नेपालको एक्लो प्रतिनिधित्व हुन् ।

२९ बर्षका दमक झापा निवासी पाठकले मिस्टर नेपालको अलावा अन्य विभिन्न प्रतियोगितामा पनि सहभागी भएका छन् । पाठम पुर्वाञ्चल माबि दमकका निर्देशक हुन् । कार्यक्रममा पाठकले नेपाली विभिन्न कला संस्कृतिसहितको विभिन्न प्रस्तुति दिएक थिए । 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १२ : १३ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com