११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु



काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-११ जमुवाडस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१४ रक्सहवास्थित सडकमा ना.२ ह २४३४ नम्बरको अटो रिक्साबाट खसेर अटोमा सवार सोही नगरपालिका-१७ पटखौली बस्ने ५२ वर्षीय भोनु प्रसाद केवटको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-१९ थुमौनास्थित सडकमा ज.११ प ६८५६ नम्बरको मोटरसाइकल र स ८ प ३४७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा स ८ प ३४७७ नम्बरको मोटरसाइकल चालक सबैला नगरपालिका-२ बस्ने ५५ वर्षीय नारायण प्रसाद साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स ८ प ३४७७ नम्बरको मोटरसाइकलमा सवार नारायण प्रसादको श्रीमतीको रामा अस्पताल जनकपुरमा उपचार भइरहेको छ । ज.११ प ६८५६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा हाल नम्बरको नखुलेको गाडीले ज.२ प ७९९२ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी औरही नगरपालिका-५ श्रीपुर बस्ने २३ वर्षीय दिलिप मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल लालबन्दी हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको त्रिदेव अस्पताल रानिगंजमा उपचार भइरहेको छ । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, ईनरूवा नगरपालिका-६ भोटेपुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९३ वर्षीय अमर बहादुर अधिकारीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्से आर्मी ब्यारेक अगाडि सडकमा बोक्सेबाट गाईघाटतर्फ जाँदै गरेको बा प्र-०१-००६ ख ५८७१ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-११ चपन बस्ने ५० वर्षीय परनशेर राईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । हाईसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ६ : २७ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com