१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ऋणको उपयोग गर्ने नीति लिइएको छः अर्थमन्त्री महत


१७ असार २०८०, आइतबार  

4
Shares

काठमाडौँ, अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले ऋण लिनु नै खराब कुरा नभएकाले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा कस्तो प्रतिफल हासिल गर्ने भन्ने विषय महत्वपूर्ण भएको जनाए ।
उनले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताएका छन्। भविष्यमा अनावश्यक पर्ने बोझप्रति सचेत भएर उत्पादनशील क्षेत्रमा खर्च गर्ने र गम्भीरताका साथ कार्यान्वयन गर्ने हिसाबले प्रस्ताव गरेको मन्त्री महतको भनाइ छ । वैदेशिक ऋण पूर्वाधार र विकास निर्माणमा मात्र प्रयोग गर्ने बताउँदै महतले कहिलेकाहीँ साधारण खर्च धान्न आन्तरिक स्रोत र राजस्वले धान्न नसकेको अवस्थामा मात्र आन्तरिक ऋणबाट समाधान गर्ने स्पष्ट पारे।
ठूलो ऋणभार भएको विषयमा उठेका प्रश्नमा उनले धेरै ठूलो ऋण नभएको भन्दै ठूला भवन निर्माण र ऋण लिँदाको सर्त हेरेर, सहुलियतका आधारमा, कम सर्तमा आधारमा, मापदण्डमा सरकार सचेत रहेको बताएका छन् । अर्थमन्त्री महतले अनुउत्पादनक क्षेत्रमा लगानी गर्नेगरी ऋणको अनावश्यक बोझ नथप्नेसमेत प्रस्ट पारेका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ४९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com