काठमाडौँ, बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले २०७९ ०३ २५ गते सोमबार आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा सुरुवात गरेको छ । काठमाडौँको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो ।
सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ ।
विष्णु बोहोराले १०० जना भन्दा धेरैलाई रोजगारी दिएर नेपालभर आफ्नो ब्राण्ड फैलाएका छन् । प्लस साइज नेपालले आफ्नै डेलिभरी सेवा गुडविल लजिस्टिक पनि सञ्चालन गर्दै आएको छ । देशका अति दुर्गम बाहेक सहरी क्षेत्रभरी होम डेलिभरी सेवा समेत दिँदै आएको छ ।
करिब ५ वर्षको समयकालमा प्लस साइज नेपाललाई ब्राण्ड बनाउन दिन रातको मिहिनेतले मात्र सम्भव रहेको उनी बताउँछन् । बोहोराले म्यानपावर व्यवसाय छाडेर प्लस साइज नेपाल सुरु गरेका थिए । बताउनु भयो । आफ्नो अध्ययनको क्रममा केटि मान्छेलाई प्लस साइजको लुगाको हाइ डिमान्ड र लेस सप्लाई देखिएको कारण उक्त ब्राण्डको सुरुवात गरिएको उनी बताउँछन् । प्लस साइजमा एकै डिजाइनका ९ वटा साइजहरु बनाउँदै आएको उनी बताउँछन् । प्लस साइज नेपालले आफ्नो ब्राण्डको निर्यात समेत सुरुवात गरेको छ ।
कोभिड १९, लकडाउन, आर्थीक मन्दी, तरलताको अभाव, बैंकको चर्को ब्याजदरका बाबजुद रातदिनको मिहिनेतले व्यापारमा सफलता हासील गरेकोमा उनी हर्ष व्यक्त गर्छन् । प्लस साइज नेपालमा हाल देशभरीबाट प्रति दिन २०० भन्दा धेरै अर्डरहरु आइरहेका छन भने पसलबाटै पनि राम्रो प्रतिक्रिया सहितको व्यापार भइरहेको छ ।
अनलाइनमा वर्चश्व बढाएको प्लस साइज नेपालले निकट भविष्यमा नै आफ्नै वेवसाइट विकास गर्दै थप सहजताका साथ व्यवसाय अगाडी बढाउने जनाएको छ । नेपालमा पाइने कच्चा पदार्थबाट बन्ने सबै प्रकार कपडाहरु बनाइरहेको प्लस साइज नेपालले केहि लुगाहरु भने आयात गर्नु नै पर्ने विडम्बना रहेको बोहोराको गुनासो छ ।
२६ असार २०८०, मंगलबार
178
Shares