१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनुपर्दैन:गगन थापा



काठमाडौं, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन्। सोमवार पार्टी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०३५ वर्षदेखि ४ /५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु नै भएको बताए।

उनले संसदीय दलको नेता बदल्नु अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फेर्न लागिपर्ने बताए। उनले पार्टी सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताए।

‘सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३० /३५ वर्षदेखि ४ /५ जना नेतामात्रै म्युजिकल चेयर खेलेको जस्तो आलोपालो गरेर नेतृत्व गरिरहनु हो। त्यसैले पनि मानिसहरु रिसाएका छन्‚ त्यसैले पार्टीमा परिवर्तन गर्नुुपर्छ। यो कुनै व्यक्तिगत कुरा होइन, सभापतिज्यु मेरो पितातुल्य हुनुहुन्छ तर म सार्वजनिक रुपमै भन्छु, नेपालको राजनीतिमा यो विषयले प्रवेश पाएन भने र यो व्यवस्था गरिएन भने के हुन्छरु‚’ उनले भने, ‘हाम्रो पार्टीको एउटा पद्धति छ। त्यो पद्धतिबाट पार्टी सत्तामा आउँछ। त्यो पार्टी सत्तामा हाम्रो पकड भएको कारणले गर्दा हामी त्यसको सत्तामा आउँछौँ। हामीले घुमिफिरी एक जना मात्रै नेतृत्वमा आउने प्रयास बदल्नुपर्छ। मेरो प्रयास जारी हुन्छ। त्यही भएर मैले नेपाली काँग्रेसको संसदीय दलको नेता बदल्ने प्रयास गरेँ। सकिनँ, परिणामलाई मानेँ, मान्नैपर्छ।’

महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा पार्टीका कोही पनि आत्तिनु नपर्ने बताए।

‘पार्टीको विधानले गर्न दिन्छ, आवश्यकता छ, सम्भव हुन्छ, कर्म गर्ने हो, फलको आश नगर्ने हो। मलाई लाग्छ गाह्रो छ, सांसदहरुको मत पाउने कुरा भनेको गाह्रै छ नि। गाह्रो छ थाहा छ तर गाह्रो छ भनेर ठिक भएको काम छोड्न हुँदैन। सभापतिज्युले १ /२ महिनापछि ल यार पाँच पटक भइसकेँ, छैटौँ पटक किन हुनेरु को हुने हो अघि आऊ भनिदिनुहुन्छ किरु‚’ थापाले भने‚ ‘म हुनु पर्दैन, जो भए पनि हुन्छ। साथीहरु किन आत्तिनुभएकोरु मैले पार्टी फुटाउने कुरा गरेको हो ररु मैले त दलको नेता फेर्ने कुरा गरेको हो। सभापतिज्युलाई यो कुरा ठिक हो भन्ने लागेको छ, वरिपरी बस्ने साथीलाई चिन्तित बनाएको छ। धेरै चिन्ता गर्नुपर्दैन। म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब।’

महामन्त्री थापाले वर्तमान सत्ता गठबन्धनको नेता काँग्रेस भएकाले आफ्ना शर्तहरुमा सम्झौता गर्नु नहुने बताए। उनले अबको ४ वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौती रहेको उल्लेख गरे।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : १० बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com