काठमाडौं, दोस्रो गण्डकी प्रदेश स्तरिय परम्परागत ताराखेल प्रतियोगिता सुरु भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्ले गण्डकीमा बिभिन्न स्थानमा आयोजना गरेको प्रतियोगिता मुस्ताङको थासाङ –३ लेतेमा बुधबारदेखि सुरु भएको हो । बिभिन्न तह तप्काका ब्यक्तिहरुका साथै खेलाडिहरुको सहभागितमा भएको उक्त खेलको उद्घाटन प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले गरेका थिए । उद्घाटन कार्याक्रममा बोल्दै सांसद थकालीले गण्डकी प्रदेश खेलकुद परिषद्ले जुन तदारुकताका साथ खेल क्षेत्रलाई अगाडि बढाएको छ त्यो युवा पुस्ताका लागि निकै फलदायी हुने बताए । ताराखेल परम्परागत खेल भएको भन्दै अहिले यो खेल जुन चासोको रुपमा अगाडि बढाइएको छ यसले स्थानीय खेलको जर्गेना हुनुका साथै समाज र आफ्नो संस्कृतिमा थप आकर्षण बढ्दै जाने थकालीले उल्लेख गरे । खेल बिहीबारसम्म चल्ने छ ।