१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पहिरोको कारण जयपृथ्वी राजमार्ग अवरूद्ध



काठमाडौं,निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट आइतबार दिउँसो ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरूद्ध भएको हो।

राजमार्ग अवरुद्ध भएपछि ढुङ्गा फुटाल्न ठूलो मेसिन प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ११ : ५० बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com