१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज जेठ १८ गतेका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ०३ पैसा र बिक्री दर १४१ रुपैयाँ ६७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २८ पैसा र बिक्री दर १६४ रुपैयाँ ०२ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ३ : २१ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com