नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको थियो । तर, सहिद स्मारक ’ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।
प्रारम्भिक टोलीः
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन
साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।