१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम २ अर्ब ३६ करोड



जेठ २४ – बुधबार नेप्से परिसूचक ४.६८ अंकले बढेको छ। यस दिन नेप्से ०.२४ प्रतिशतले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन २६१ वटा धितोपत्रको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच भएको हो। बुधबार युनिक नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ३५३ रुपैयाँ पुगेको छ। यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ८.०२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९०२ रुपैयाँ पुगेको छ।

गत कारोबार दिन १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ११ : ३९ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com