काठमाडौं , सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कानूनमा कतै पनि नलेखिएको बताएकी छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बुधबार मन्त्री शर्माले डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्ने कानूनमा कतै पनि नलेखिएको बताएकी हुन्।
उनले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरु आएको भन्दै उनले बजेटमा असन्तुष्टि जनाउनु स्वाभाविक भएको बताइन्। उनले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताइन्। उनले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा परम्परागत भएको उल्लेख गर्दै परम्परा तोड्नुपर्ने बताइन्। उनले भनिन्, ‘बजेटमा यस्तो हुन्छ, यस्तो पहिला पनि भएको थियो। पहिला नेकपा हुँदा त्यो बेलाका अर्थमन्त्रीले कसरी बजेट प्रश्तुत गर्नुभएको थियो त्यो हामी सबैलाई थाहा छ। अहिले पनि बजेटमा सम्भवतः धेरैका असन्तुष्टि छन्। एउटा त सीमा हो, हामीसँग पैसा कम भयो। अर्को असन्तुलन भयो भन्ने पनि छ, त्यसका लागि छलफल भइरहेको छ। यसलाई मिलाएर जानुपर्छ भन्ने कुरा छ। बजेट संशोधन हुनु नै सरकार असफल हुनु हो भन्ने ढंगको यो परम्परागत हो।