काठमाडौ,धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ। कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् ।
२४ असार २०८०, आइतबार
4
Shares