काठमाडौं,थाइल्याण्डसँग पराजित हुँदै नेपाल महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।
मलेसियाको बांगीमा शुक्रबार बिहान भएको खेलमा नेपाललाई थाइल्याण्डले ४६ रनले हरायो । खेलम टस हारेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।
उसका लागि नानापथ कोन्चारोन्काईले अविजित ५९ रन बनाइन् । जवाफमा १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व ५९ रन मात्रै बनाउन सक्यो । नेपालको लागि कविता कुँवरले अविजित १७ रन बनाइन् ।
बलिङतर्फ थाइल्याण्डकी ओनिचा काम्छोम्पु र थिपाचा पुथोङले ३र३ विकेट लिए । यो हारसँगै नेपालको महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्ने संभावना समाप्त भएको छ ।
एसियाली छनौट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अर्को वर्ष हुने ग्लोबल क्वालिफायर खेल्न पाउने प्रावधान छ ।