१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सुवास नेम्वाङको दृढताका कारण संविधान सभाबाट संविधान बन्यो :गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताएका छन ।

मंगलवार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताएका हुन । उनले नेम्वाङले त्यस बेलाको वाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताए । नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उहाँले उल्लेख गरे। उनले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग सम्वाद गरेर काम गरेको र उहाँ साझा व्यक्तिको रुपमा स्थापित भएको बताए । महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : २१ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com