१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति पुस्तकको भारतमा पनि लोकार्पण



सुरजमान जैगडी (महारास्ट्र पुणे )

संस्कृतविद्द यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य तथा संस्कृति पुस्तकको भारतमा पनि लोकार्पण गरिएको छ । आईतबार भारतको महाराष्ट्र,मुम्वईमा लोकार्पण गरिएको हो । केहि समय अगाडी काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति पुस्तकको मंगलाचरण, स्वस्ति वाचन, फाग, चैत, पुतला, हुड्केली, छलोका साथ काठमाडौको प्रज्ञा प्रतिष्ठानको डबलीमा लोकार्पण गरिएको थियो ।

सुप्रसिद्व गित “राईझुमा” जस्ता थुप्रै गाउनु भएका गाएक र सर्जक समेत रहेका उपाध्यायले २५ बर्ष लामो मेहेनत र कडा संघर्षको प्रतीफल रहेको बताएका थिए । कार्यक्रममा महाराष्ट्र मुम्बईका अधिवक्ता श्री सारदा जोशि रेग्मी, अछाम गोयलापानी समाजका सदस्य महेसराज रेग्मी ,भुल एकता समाका सचिव हस्त भुल,समाज सेवी पदम भुल उपेन्द्र खड्का,भजन देवि रेग्मी लगाएत कार्यक्रमा समाजसेवी, साहित्यकार, कलाकार, व्यवसायी, सामाजीक अभियान्ता लगायत थुप्रै जनमानसको उपस्थीती थियो ।

९८४ पृष्ठ भएको उक्त पुस्तकमा सुदुर र कर्णालीका परिबेश र त्यसमा प्रचललित विभिन्न विद्या र उप-विधा हरुलाई केलाएर मौलिक स्वरुपमै विधागत विषय संकलन गरी समावेश गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : ४४ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com