१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

भूकम्पपछि उद्धार र राहत वितरणमा गाउँवासीको मन जितेका वडाध्यक्ष रामबहादुर सिंह



गत कार्तिक १७ गते गएको जाजरकोट भूकम्पले गरेको क्षतिबाट बारेकोट ३ पनि अछुतो रहेन । भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामिडाँडा बारेकोट गाउँपालीकाकै वडा नं. १ मा पर्दछ । यो हिसाबले भूकम्पको अत्याधिक क्षति बेहोर्ने वडामध्येको एक बन्यो वडा नं. ३ । भूकम्पले ३ नं वडाका भौतिक संरचनालाई जति क्षतबिच्छेत बनायो, त्यो भन्दा बढि त्यहाँका स्थानीयवासीलाई मनोवैज्ञानीक दवाव दियो । भत्किएको घर, न खाने बस्ने टुंगो, न त कहिँ गुहार माग्ने अवस्था । यो कठीन परिस्थितीमा वडावासीका लागि अभिभावक बनेर खडा भए वडा नं. ३ का वडाध्यक्ष रामबहादुर सिंह ।

भूकम्प पीडितका लागि टोल टोलमा पुगेर हालचाल बुझ्नेदेखि उद्धार र राहतमा अहोरात्र खटेका सिंहले वडावासीलाई कहिल्यै एक्लो हुन दिएनन् । सरकारी, गैह्रसरकारी संस्थादेखि व्यक्तीगत रुपमा आएका राहतका सामाग्रीलाई गाउँपालीकासँगको समन्वयमा पीडितको घर घर पुर्याए ।

भौगोलीक विकटताका कारण मोटरबाटोको पहुँच नभएका गाउँघरमा समेत आफैँले काँधमा राहत बोकेर शाही जनताका घर घरमा पुगे । उनको यो सक्रियताले त्यहाँका स्थानीयलाई विपद्का बेलामा स्थानीय सरकार आफैँसँग रहेको अनुभूति दिलायो ।

जाजरकोट भूकम्पलाई कतिपय जनप्रतिनिधिले आफ्नालाई पोष्ने अवसर बनाए । कतिपयले राहत सामाग्रीनै हिनामिना गरिदिए । कतिपयले आफ्ना मतदातालाईमात्र राहत बाँडे । तर शाहीको नजरमा कोहिपनि आफ्ना वा पराई भएनन् । उनले निर्विवाद ढंगबाट सबैलाई सहयोग गरे, राहत वितरण गरे र वडावासीको मन जिते । शाहीको कार्यशैली, सहयोगी भावना र आचरणका कारण उनलाई अर्कोपटक गाउँपालीका अध्यक्षकै दावेदार बनाइदिएको वडावासी बताउँछन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ५२ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com