१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कप्तान पौडेलले लिए वेस्ट इन्डिजको तेस्रो विकेट



काठमाडौँ । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो खेलमा नेपालले तेस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले छैटौं ओभरमा बलिङ गर्दै वेस्ट इन्डिजको तेस्रो विकेट लिएका हुन् । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालविरुद्ध ब्याटिङ गरिरहेको वेस्ट इन्डिजको टिमले ७ ओभरको खेलमा ३ विकेट गुमाउँदै ९१ रन बनाएको छ ।

कप्तान पौडेलले एलिक एथ्नाजेलाई आउट गराएका हुन् । पौडेलले गरेको बल ब्याटमा लागेर हावामा उडेपछि ललितसिंह राजबँसीले क्याच गरेका हुन् । यससँगै २५ बलमा ४७ रन बनाएर खेलिरहेका एलिक आउट भएका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : ०५ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com