१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर २ बजेका लागि सर्‍यो



काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । बिहान  ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि सारिएको हो । 

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन ।

संसदीय छानबिन समितिको टिओआर बनाउने विषयमा कानुन मन्त्रालयमा कानुन मन्त्री पदम गिरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिबिच छलफल भइरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १ : १७ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com